गायिका समिक्षा अधिकारले दिईन चार फेसबुक अनलाईन विरुद्ध उजुरी
भदौ ११
पोखरा – गायिका समिक्षा अधिकारीले चार फेसबुक अनलाईन पेज वुरुद्द उजुरी दिएकि छिन।
आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखेर पोस्ट गरेको भन्दै गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी हुन।
उनले ‘ताजा खबर,’ ‘ग्लोबल नागरिक’ ‘हाम्रो लर्निङ सेन्टर’ र ‘रुटिन अफ बुटवल बन्द’ नामका फेसबुकले हुदै नभएको कुनै प्रमाणबिना झुठा समाचार सम्प्रेषण गरेको भन्दै उजुरी दिएकि हुन।
कुनै प्रमाण नभइ बिना आधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिलाई खोजतलास गरी कानुनी कारवाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ,’ निवेदनमा भनिएको छ ।
उनले आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गरेर मानसिक यातना दिएको निवेदनमा खुलाएकी छन् । उनले प्रमाणस्वरुप ती फेसबुक पेजबाट पोस्ट भएका सामग्रीको स्क्रिनसट प्रहरीलाई बुझाएकी छन् ।
अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई कालो सूचीमा राखेको भन्ने झुटो खबर फैलाइएकाले त्यसको प्रतिवादस्वरुप जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उनले आफ्नो फेसबुक पेजमार्फत बताएकी छन् ।
वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ,’ उनले भनेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले गायिका अधिकारीको निवेदन आइतबार साँझ ढिलो गरी आएकाले त्यस विषयमा के गर्ने भन्ने सोमबार छलफल गर्ने बताए ।
उहाँलाई सोमबार छलफलका लागि बोलाएका छौं,’ उनले भने, ‘प्रदेश प्रहरी कार्यालयमार्फत साइबर ब्युरोमा पठाउने कि के गर्ने भन्ने सोमबार नै तय हुन्छ ।