जन्तासंग रूपान्तरण सहित स्थानीय महिलाहरूसँग दर खाने प्रशिक्षण कार्यक्रम सम्पन्न
भदौ २३
काठमाडौं – नेकपा माओवादी केन्द्रको जन्ता संग रूपान्तरण सहित माओबादी घर-घरमा तिनमहिने अभियान अन्तर्गत स्थानीय महिला हरूसँग दर खाने कार्यक्रम सहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
आज नेकपा माओवादी केन्द्र काठमाडौं वडा न २६ न. अन्तर्गत सरस्वती कलेज ठमेल नाट्यश्वरी नमस्ते पार्टी भेनुमा स्थानीय महिला हरूसँग दर खाने कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
पार्टी केन्द्रीय सदस्य एबम जनसम्पर्क समन्वय समिती केन्द्रीय अध्यक्ष श्रीकृष्ण अदिकारी (बिबेक )को प्रमुख अतिथि र ६ न. निर्वाचन क्षेत्रको पार्टी संयोजक जनार्दन कटेल ६ न. निर्वाचन क्षेत्र ख,प्रदेश संयोजक चन्द्र राना ,वाईसिल नेपाल केन्द्रीय सदस्य धिरज उपरकोटी र वाईसिल नेपाल केन्द्रीय सदस्य अर्जुन मग्राती र वडा न २६ का पार्टी अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा महिला हरूलाई तिजको दर खुवाने कार्यक्रम र नाचगान सहित सम्पन्न भएको थियो।
कार्यक्रममा सरकारले गरेको राम्रो कामको अन्तरक्रियामा छलफल समेत भएको थियो। यस्तै अहिले नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र सरकारले जनपक्षिय रूपमा सुसासन सहित भ्रष्टाचारी हरूलाई कार्बाही र जनपक्षिय काम सरकारमा बसेर गरेको कामको बारेमा र प्रशिक्षण दिईएको थियो।
तल-तलका वडाहरूमा जन्ताहरूले कस्तो अनुभव गर्न पाएको छ र सरकारले अझै के गर्नुपर्छ भनेर स्थानीय कार्यकर्ता र जन्ताको रिपोर्टटिङ पनी लिएको थिय। तिन सयको हारहारी मा स्थानीय महिला र पार्टी कार्यकर्ता जन्ताहरूको उपस्थित भएको कार्यक्रममा थियो।
महिला दिदी बहिनीहरूलाई तिजको दर खानेसंगै राजनीतिक प्रशिक्षण दिई रूपान्तरण सहितको माओबादी जन्तको घर -घरमा माओबादी भन्ने आजको कार्यक्रम सम्पन्न भयको हो ।