काठमान्डौ महानगरपालिकाको कार्यलाय अगाडि ई ले गरे आन्दोलन
असोज २
काठमान्डौ – काठमान्डौ महानगरपालिकाको कार्यलाय अगाडि सामाजिक अभियन्ता ई: ले आन्दोलन थालेका छन्।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै उनिहरुले काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घन्टासम्म उभिने बताए ।
मंगलबार दिउँसो १ बजेदेखि उनी राष्ट्रिय सभा गृहअगाडि उभिएका छन्। ई:ले शुक्रबार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग ई:ले राखेका छन्।
उनीसँगै अन्य केही युवाहरू पनि महानगरअघि उभिएका छन्। महानगर प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको अन्याय तत्काल रोक्न समेत उनीहरुले माग गरेका छन।

