धार्मिक सद्भाव भड्काउने अभिव्यक्तिमा पक्राउ परेका धर्मगुरु धौरटीमा छुटे

असोज १८

काठमान्डौ – धार्मिक तथा सामाजिक सद्भाव भड्काउने प्रकृतिको अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका आफुलाई धर्मगुरू भनेर चिनाउने आचार्य श्रीनिवास धरौटीमा छुटेका छन्।
बिहीबार उनले जिल्ला प्रशासन कार्यालय धनुषामा ५०० रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन आवले जनाकारी दिए।

उनले अब यस्तो गल्ती नहुबे र नदोहोर्‍याए भन्दै आफि मागेका थिए ।उनको भनाइलाई उदृत गर्दै आवले भने
प्रहरीले उनलाई  सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनलाई मं‌गलबार सुनसरी बराहक्षेत्रको चक्रघट्टीबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी धनुषामा लगिएको थियो।

उनले गत शुक्रबार विश्व हिन्दु परिषदको आयोजनामा जनकपुरमा गौहत्याविरूद्ध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए।

गौहत्या गर्नेलाई खुकुरी निकाल्नुस उठाउनु काट्नुस भन्दै उनले अभिव्यक्ति दिने गरेका थिए ।