Gold
Bangad salyan

दाङमा आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटेर हत्या

कार्तिक ९

दाङ – दाङमा आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटेर हत्याको प्रयास गरेकी छिन । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन ।

तरकारी काट्ने चक्कुले बच्चाको घाँटी रेटिएको हो । आमाले बच्चालाई घर पछाडी लगेर घाँटी रेटिन ।

लगत्तै बच्चालाई बोकेर झाडी तिर जाँदा उनका देवर सुमन चौधरीले बच्चा रोएको आवाज सुनेपछि कुदेर बच्चा खोस्ने काम भयो ।

शायद उनले बच्चा मरयो भन्ने सोचले झाडीमा फाल्न जादै थिइन । तत्कालै बच्चालाई अस्पताल लगियो । अहिले बच्चालाई लमही अस्पतालमा सामान्य उपचार पछि घोराही रेफर गरिएको छ । आमालाई भने अहिले वडा प्रहरी कार्यालय लमहील नियन्त्रणमा लिएको छ ।