जाँड– रक्सी खाएर झग्डा गर्दा सोलुखुन्बमा एक जनाको ज्यान गयो
साेलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका,२ पेल्माङमा जाँड–रक्सी खाएर झगडा गर्दा एक जनाको ज्यान गएकाे छ ।
ज्यान जानेमा महाकुलुङ,२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार शुक्रवार राति ८ बजेतिर स्थानीय समित कुलुङको घरमा सितल, समित र धिरनबहादुर राई जाँड–रक्सी खाँदै बसिरहेका थिए ।
त्यही क्रममा विवाद भई कुटपिट हुँदा सितलबहादुरको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको घाँटीमा चोट देखिएको र अन्य दुई जनाकाे टाउकाे तथा हातमा रगत लागेकाे देखिएको वडाध्यक्ष प्रदीप राईले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयले समित र धिरनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

