Gold
Bangad salyan

नवलपरासी सुस्तामा दलित भन्दै सामुहिक कुटपिट

कार्तिक १५

नवलपरासि – नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा न ४ गोकुलपुरका दलित (चमार)समुदायका महिलाहरुमाथि कुटपिट भएको छ।

सोही गाउँका यादव समुदायका ९ जना परिवारहरुद्धारा ज्यान मार्ने गरि कुटपिट गरेको पाईएको छ।

गाउँमा खेतीपाति गरिरहेको बेला समयमा सोही ठाउका जोगिन्द्र यादव,भगन यादव, राजन यादव, घनश्याम यादव, विमला यादव, गुड्डी यादव, गिता यादव लगाएतले जातिय गाली गलौज गरि कुटपिट गरेको पाईएको हो ।

उक्त समूहले तल्लो जात पानी नचल्ने जात,हैसियत नभएका भन्दै पुनम हरिजन, शिला हरिजन, सविता हरिजनलाई घरमा कोही पुरुष नभएको मौका छोपेर कुटपिट गरि गम्भिर घाईते बनाएका हुन।

घाईतेहरुको रुपन्देही जिल्लाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको पिडितका भाई सन्दिप हरिजनले जानकारी दिए।
कुटपिटमा संलग्नहरुलाई प्रहरीले तत्काल पक्राउ गरि कारबाहिको माग समेत गरिएको छ।