पक्राउ परेका श्रीनिवास आचार्य सहितलाई तीन दिन हिरासतमा राख्न आदेश
मंसिर १२
काठमान्डौ – दुर्गा प्रसाईको कार्यक्रमबाट पक्राउ परेका श्रीनिवास आचार्य गुरु लगायतलाई तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
गौशालामा प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनाविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुर र अभद्र व्यवहार गरेको आरोपमा अनुसंधान गर्न अदालतले श्रीनिवास आचार्य, मनोज, विनञ्जय थापा र निकेशलाई ३ दिन र अरूलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
आचार्य सहित १५ जनालाई हिजो प्रहरीले गौशालाबाट पक्राउ गरेको थियो। दुर्गा प्रसाइले सुरु गरेको नागरिक बचाउ अभियानमा उनिहरु सामेल थिय।

