रुकुम चौरजहारी

बसको ठक्करबाट २ जनाको मृत्यु स्थानीयले बसमा आगो लगाईदिए

मंसिर १६

रुकुम आठ विसकोट

बुटवल -रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो।

मृत्यु भयपछि स्थानीयले आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसमा आगो लगाइदिएका हुन।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उनिहरुको मृत्युु भएको हो।

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।