Gold
Bangad salyan

फोटो खिच्नेहरुबाट कमिसन मागेको आरोपमा वडा सदस्यसहित चार पक्राउ

मंसिर २४

कास्की – पोखरामा फोटो खिच्नेहरुलाई धम्क्याउने र रकम असुली गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

त्यसैका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए । वडा सदस्य पहारीसहित पक्राउ पर्नेमा वडा नम्बर ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथी अनुसंधान भैरहेको प्रहरीले जनाएको छ।