Gold
Bangad salyan

भूकम्प पीडितको सिफारिस फाईल वडा अध्यक्षले च्यातेर फालिदीए

मंसिर २५

रुकुमपश्चिम् – रुकुम पश्चिमका भुकम्प प्रभावितहरुको फाइल वडाअध्यक्षले च्यातिदिएका छन्।

भुकम्प पछि घर भत्किएकाहरुको अस्थायी आवास निर्माणको लागि वडा अध्यक्षलाई दिएको सिफारिस नै च्यातिएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष प्रेम पुनले आइतवार भुकम्प प्रभावितहरुको फाइल च्यातेका हुन्।

स्थानीय टिकाराम नेपाली र वविता बिकले वडा अध्यक्षलाई सिफारिसमा हस्ताक्षर गर्न भन्दै फाइल बुझाउँदा अध्यक्ष पुनले दुबै जनाको फाईल च्यातेर फालेको पिडितले बताए ।

प्रहरी मुचुल्काको लागि वडाले दिने सिफारिस नै वडाअध्यक्षले च्यातेर फालेपछि भुकम्पपिडितहरु थप निराश बनेका छन्।

सिफारिसमा हस्ताक्षर गर्न दिएको फाईल च्यातेर वडाअध्यक्षले पिडितको घाउँमा थप पिडा थलेको उनिहरुले उल्लेख गरेका छन्। अध्यक्ष पुन नेकपा एमाले वाट निर्वाचित वडा अध्यक्ष हुन्।