असई हत्या प्रकरणका एमाले सांसद कोईरीले पाए सफाई
मंसिर २८
काठमान्डौ – आठ बर्षअघि महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मीमहतो कोइरीले सफाइ पाएका छन।
यो मुद्दामा जिल्ला अदालत महोत्तरीले सात जनालाई जन्मकैदको सजाय सुनाएको भने कोइरिले भने सफाई पाएका हुन।
आज बिहीवार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी स्रेस्तेदार नुतन झाले जानकारी दिईन। यस प्रकरणमा अभियोग लागेका १९ जना अझै फरार छन् ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको हत्या भएको थियो । यो मुद्दामा २०७५ साउन २८ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

