सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौले गर्यो बलात्कार मुद्दामा दोषी ठहर
पुस १३
काठमान्डौ – जिल्ला अदालत काठमाडौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको छ । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।
पीडितले आफूलाई करणी भएको बताएको र सन्दीपको घटना हुँदाको दिनको क्रियाकलप विचार गर्दा करणी भएको देखिएको अदालतको ठहर छ ।
३ वर्ष भन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
लामिछानेविरुद्ध २०७९ भदौ २१ मा कारणीको उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।
सच्याईएको
जिल्ला अदालत हुनुपर्नेमा सर्वोच्च अदालत भएकोमा सच्याईएको छ।