आज पनि काठमान्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो २ डिग्री सेल्सियमा झर्यो
माघ १३
काठमान्डौ – आज पनि काठमान्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान काठमान्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो र अस्ति काठमान्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।
यस्तै काठमान्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिमाली भेगको तापक्रम शूून्यबाट पनि तल झरेको छ भने तराई मधेशमा पनि तापक्रम एक दुुई डिग्रीसम्म पुुग्ने गरेको छ ।
जुम्लाको माइनस ५ दशमलव २, मुुस्ताङ जोमसोमको माइनस ५ दशमवल ५ र दोलखा जिरीको माइनस १ डिग्री सेल्सियस पुगेको छ ।
त्यसैगरि डडेलधुराको २ दशमलव १, दिपायलको १ दशमलव ९, विरेन्द्रनगरको २ दशमलव ६ र ताप्लेजुङको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
आज देशका धेरै ठाउँमा बदली भएको छ भने पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको तथा अन्य पहाडी भूभागमा भने मौसम सफा नै रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिईन।
हिमाली तथा उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईमा भने बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको महाशाखाले जनाएको छ ।

