Gold
Bangad salyan

बर्ष भरीको थकान मेटाउन भुत खेलमा कलाकारको बन भोज झुमे दर्शक

फागुन १९

काठमान्डौ – राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय समितीले बन भोज कार्यक्रम सम्पन्न गरेको छ।

काठमान्डौको टोखा नगरपालिकाको भुत खेलमा आज रमाइलो कार्यक्रम गरि  बन भोज सम्पन्न गरेको हो।

कार्यक्रममा विभिन्न खेलहरु पनि खेलाईएको थियो भने विभिन्न उपस्तिथि मान्यजनलाई सम्मान गरिएको थियोे ।

प्रतिस्ठानकि अध्यक्ष रिता थापा मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रम सभ्व र भब्य रुपले मनाउन आग्रह गरिन।

उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापाले प्रतेक बर्ष यसरी नै कलाकारहरुको जमघट भेट घाट रमाईलो हुने हुँदा यो कार्यक्रम हुने गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय अन्तरास्ट्रिय ख्याती प्राप्त गायक गायिकाहरुले आफ्नो प्रस्तुती राखेर उपस्तिथि दर्शकलाई मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा गायक पशुपति शर्मा , बिक्रम परियार , नन्दु परियार , शिव हमाल , चेतन गोतामे , सुनितामी परियार , राजु आरडि लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।