Gold
Bangad salyan

दर्शकको रोजाईमा परेका संगीतकार नवीन परियारको साईली रिमै

बैशाख ४

काठमान्डौ – लोकप्रिय संगीतकार नवीन परियारको साईली रिमैले बजारमा दर्शकको मन जितेको छ। पछिल्लो समयमा युवा पुस्ताले नवीन परियारको संगीतलाई आफ्नो रोजाईमा राखेका छन।

उनले संयोजन गरेको संगीतले बजार पनि पाउने गरेका छन। नबिनले दर्जनौ संगीत गरेका थुप्रै गीत बजारमा बजिरहेका छन भने थप आउने क्रममा रहेको उनले रंग दर्पणलाई बताए ।

उनको   साईली रिमै पनि उत्कृष्ट रहेको दर्शकको प्रतिक्रिया छ।
यो  गीतमा नबिनले अभिनय समेत गरेका छन भने वरिष्ठ संगीतकार तथा गायक शिव हमालले शब्द लेखेका छन।

गायक यज्ञ बिक र मनिता पुन मगरको स्वर रहेको गीत स्मारिका ढकाल ,आयुश्मा कार्की लगायतको अभिनय देख्न सकिन्छ।गीतलाई जेरि भन्डारीले निर्देशन गरेका छन।

भिडियो