Gold

दैलेखको एक विध्यालयमा युनिफर्म नकिने प्राक्टिकल नदिने र हाजिर नलाग्ने धम्कि

पुस ८

Naumule Migrate

दैलेख – जिल्लाको नौमुले गाउँपालिकाको मुकाम नजिकै रहेको भैरव माध्यमिक विद्यालय अन्तर्गत वालीविज्ञानका शिक्षक श्री सुर्यनाथ योगिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ससिराम विश्वकर्माले विद्यालयमा बिक्रि गर्न खरिद गरेको विद्यार्थीको युनिफर्म बिक्रि नभए पछि विद्यार्थीहरुलाई प्राक्टिकल नम्बर नदिने र हाजिर नलाग्ने धम्की दिदै विद्यार्थीहरुलाइ युनिफर्म किन्न बाध्य बनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशिराम विस्वकर्मा र विद्यालय शिक्षकहरुको मिलेमतोमा संस्थाको लोगो परिवर्तन भैसकेर पुरानो लोगो छापिएको युनिफर्म बिक्री गरिएको पाइएको छ ।

यसरी धम्की दिएर पुरानो लोगो राखिएको युनिफर्म किन्न बाध्य पारेपछि विद्यार्थी र अभिभावकले विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति प्रति आपत्ति व्यक्त गरेको पाइएको छ ।

पाइनियर भिजन एकेडमी बोडिङ स्कुलका संचालक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशिराम विकले सामुदायिक शिक्षाको गुणस्तर माथी उठाउन पहलकदमी लिनुपर्नेमा निजि तथा सामुदायिक दुवै विद्यालयलाइ व्यापार र नाफाको क्षेत्रको रुपमा प्रयोग गर्दै आएको र बालबच्चाको भविष्यमा आर्थिक नाफाको व्यापार गर्दै आएको भन्दै स्थानीय अभिभावकहरु आक्रोशित भएका छन ।

Naumule Badhipahiro