गायक प्रताप दासको पासपोर्ट दुरुपयोग गर्ने यी सुरेन्द्र जस्ले यस्तो गर्दा रहेछन
फागुन ९
काठमान्डौ – गायक प्रताप दासको राहदानी दुरुपयोग भएको पाइएको छ। विभिन्न देशमा कार्यक्रम गर्ने र भिसा लगाईदिने भन्दै बिक्रम बस्नेत नामका ब्याक्तिले गायक प्रतापको पासपोर्ट दुरुपयोग गरेको खुलेको हो।
उल्लेखित व्याक्तीले गायक प्रताप दासको पासपोर्ट संगै अर्को युवतिलाई गायकको श्रीमती भनेर भिसा लगाउने कोसिस गरेको खुकेको हो।
उक्त बारेमा गायक प्रतापले बिक्रम बस्नेतसंग सोधीखोजी गर्दा उनले उक्त पासपोर्ट दुरुपयोग गरेको स्वीकार गरेका छन।
नमस्कार ,
उल्लेखित ब्यक्तिको नाम बिक्रम बस्नेत हो। केहि समय अघि सुरेन्द्र बसेल दाइ मार्फत यो मान्छे यूरोपको विभिन्न ठाउँहरुमा कार्यक्रम गर्छु भनेर म संग जोडिन आइपुगेको थियो। 12 December 2023 बिहीबारको दिन बसन्तपुरको एउटा क्याफेमा VFS Global को Premium Visa अन्तर्गत भिसा प्रक्रियाको काम Biometric भयो। पासपोर्ट फिर्ता हुने समयको बारे बुझ्दा VFS Global कै स्टाफले बढी मा बढी तपाइको १५ दिन लाग्छ भन्ने कुरा आयो। र मैले आफ्नो पस्स्पोर्ट तेइ छोडी आएँ। तेइ समय अनुसार मैले English New Year 2024 साथै थुप्रै बाहिरको कार्यक्रमहरुको तालिका पनि मिलाए। पछि पस्स्पोर्ट समयमा न आउँदा मेरो Christmas , New Year का कार्यक्रमहरु छुटिन पुग्यो। र यो बिक्रम बस्नेतलाइ पस्स्पोर्टको लागि आग्रह गर्दा हाम्रो हातमा छैन VFS Global ले अड्काएको भन्ने कुरा गर्यो।पछि बिक्रम बस्नेतले छिटो भन्दा छिटो तपाइको हातमा पासपोर्ट पर्छ मैले फिर्ता गर्न Fast Tracking को सुबिधाको प्रयोग गरेको छु भन्यो। होला भनि बसे तर येसरीनै अर्को 26 Janaury 2023 Hongkong को कार्यक्रम नजिकिदै जाँदा पैला जस्तै हुने होकी भन्ने डरले मैले त्यसलाई धेरै नै अत्ताए पछि Januray 19 2024 भन्यो आएन फेरी 22 मा त Fix आउछ भन्यो तर 21 सम्म पनि VFS Global बाट पासपोर्ट लिन आउनु भन्ने खालको कुनै मेसेज नआए पछि म आफै VFS Global मा गएर बुझ्दा त तपाई कहाँ जानु भएको थियो हामीले तपाइलाई कति Contact गर्ने कोसिश गरेउं Mail गरेउं भनेर भनि राख्दा मैले कुनै किसिमको मेसेज VFS Global बाट पाएको थिन । बुझ्दै जादा बिक्रम बस्नेतले एक यूबतीलाइ मेरो पस्स्पोर्ट संग जोडेर मेरो श्रीमती बनाई यूरोप लाग्ने भिसा प्रक्रिया गरेको मैले चाल पाएँ र Ambassy को कर्मचारीले पनि बिबाह दर्ताको डकुमेन्टको लागि तपाइलाई हामीले खोजि रहेका थियौं कति फोन गरेका छौँ Mail गरेका छौँ र तेइ एउटा बिबाह दर्ताको डकुमेन्टले गर्दा नै हजुरको पस्स्पोर्ट आउन यतिका समय लागेको भनेर मलाई भनिराख्दा बिक्रम बस्नेतले मेरो पस्स्पोर्टको दुरुपयोग गरि आफ्नै तरिकाले फर्म भरि फोन नम्बर mail address मैले चालै नपाउने गरि परिवर्तन गरेको मेरो भिसा प्रक्रियाको काम गरेको सत्य मलाई छर्लंग भयो र कार्यक्रम गर्ने नाममा मलाई ठगेको पाएँ जुन अति नै घृणित कार्य हो। वहाँ संग यो बिषयमा बोल्दा हो मैले नै Couple टुर प्याकेजमा हालेको हूँ मैले नै हो कसैको दोष छैन मैले नै जिम्मा लिन्छु भन्ने सम्मको कुरा देख्दा वहाँले जानी जानी थुप्रै मानिसलाइ प्रलोभन आस्वासन देखाएर आफुले फैदा लिराख्नु भएको देखिन्छ।यस्ता गैरजिम्मेवार बिक्ति बाट जोगिन हुन सम्पूर्ण कलाकार र आम ब्यक्तिमा बिनम्र अनुरोध छ । यस बिचमा मैले जुन मानसिक र आर्थिक तनाब भोगेको छु यो कसैले पनि भोग्नु नपरोस र तपाईहरुको पनि केइ कन्नेक्सन कारोबार यो मान्छे संग छ भने सतर्क रहन हुन अनुरोध गर्दछु ।
धन्यबाद !

