Gold
Bangad salyan

जाजरकोटकि रोशनी शाही भक्तपुरमा मृत फेला

जेठ ११

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

स्थायी घर जाजरकोट भएकि रोशनी शाही बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने गर्थिन।
शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएकाे बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।

भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।
उनको शरीरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ ।

मृतक शाहीका छोराछोरी विदेशमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।