बालाजु पोखरी सर्वसाधारणका लागि खुल्ला गरिने
जेठ १६
काठमान्डौ – बालाजु पोखरी १८ गते देखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको काठमान्डौ महानगरपालिकाले जनाएको छ।
पोखरीमा १८ लाख लिटर पानी अट्ने क्षमता छ रहेको छ । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म रहेको हो।
पोखरीमा प्रयोग हुने पानीको शुद्धिकरणका लागि पानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ ।
पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।
पोखरीमा १५० जना क्षमताको दर्शक बस्ने ठाउँ र व्यवस्थित शौचालय र स्नान घर छ । लकरहरुको व्यवस्था गरिएको पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ ।

