रास्वपाको प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्ने ट्राफिक सई अनुसन्धानमा तानीए
असार २०
काठमान्डौ – रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्ने ट्राफिक सई स्पष्टीकरणका लागि तानीएका छन।
रास्वपाको प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा बर्दीसहित हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरणका लागि बोलाएको छ।
नेपालगन्जमा कार्यरत खड्कामाथि आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा अहिले थुनामा छन। सरकारले राजनितिक प्रतिशोध गरेर थुनामा राखेको भन्दै रास्वपा अहिले जन हस्ताक्षरमा लागेको छ।

