बाढीका कारण रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बदरगाहाका १४ कामदार वेपत्ता
काठमान्डौ – बाढीका कारण रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् ।
नेपाल इन्टरमोडल विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार बाढीमा १४ जना कामदार बेपत्ता पुष्टि गरेको हो । बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।
बाढीका कारण निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति भएको पाइएको छ ।
भौतिक क्षतितर्फ रिटेलिङ वाल ४ सय मिटर पूरै बगेको छ । बेचिङ प्लान्ट पूरै बगेको छ । लिटिगेसन सेड र वेयरहाउसमा समेत क्षति पुगेको छ ।
त्यस्तै इन्ट्री रोडतर्फको रिटेनिङ वालमा क्षति भएको छ । मेन कम्प्लेक्स भवन बाहेक सबै पूर्वाधारमा क्षति भएको समेत समितिले जनाएको छ ।


