टिभी हेर्दै कैँची मुखमा खेलाउदै गरेका उनको पेटबाट कैँची निकालीएको छ
असार ४
विराटनगर – बिराटनगरको नोबेल अस्पतालका डाक्टरले १५ बर्षका बालकको पेटबाट कैंची निकालेका छन् ।
ती बालकले ढल्किएर टीभी हेर्दै मुखमा कैंची खेलाइरहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो ।
बालकले कैंची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैंची अझै भित्र पसेको थियो ।
अस्पतालमा आइपुग्दा भने कैंची पेटमा पुगिसकेको थियो । नोवेल अस्पतालका चिकित्सकहरुले सफलता पुर्वक बालकको पेटबाट कैँची निकालेका हुन।

