Gold
Bangad salyan

नागरिकताको सिफारिस लिन गएकि किशोरीमाथी यौन दुर्ववहार

साउन ६

धनुषा – धनुषामा नागरिकता सिफारिस लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ।

जनकपुर उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

१७ वर्षीया किशोरीमाथि ‌यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई गत बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वरूणबहादुर सिंहले जानकारी दिए।

किशोरीले बिहीबार नै कार्यालयमा आएर आफूमाथि यौन दुर्व्यवहार भएको जाहेरी दिएकी थिइन्।

उनले आफू नागरिकताको सिफारिस लिन जाँदा यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। कक्षा १२ को परिक्षा दिएर बसेकी उनी नागरिकता बनाउन सिफारिस लिन पुगेकी थिइन।