नौमुले दैलेखकि महिला हनि ट्राप कसुरमा पक्राउ १५ लाख असुलि
साउन ७
सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा पनि हनी ट्रयापका घटना बढ्न सुरु गरेको देखिन्छ ।
आर्थिक लाभ (एक्सटर्सन) लिने एक जना महिलालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। दैलेख नौमुले गाउँपालिका वडान ८ कि शिन्दु चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
हनी ट्रयापमा पारी पुरुषबाट पटक पटक गरी चौध लाख पच्चिस हजार नगद असुली गरेको उनिमाथि आरोप छ। हाल उनि सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडान ९ बस्दै आईरहेको थिईन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार
२०८१ साल भाद्र महिनामा प्रतिवादी महिला चन्दले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालीका वडा नं. ६ बुद्दपथ स्थित रहेको बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेको खुलेको छ।
तर जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि पुरुषसंग रकम बार्गेनिङ गरेको प्रहरीले जनाएको छ। निजले सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बिभिन्न मितिमा उक्त रकम पीडित पुरुषसँग रक्म असुली गरेको प्रहरीले जनाएको छ।
हनी ट्रयापमा पारी आर्थिक लाभ लिएको प्रमाण सहित प्रहरीमा प्राप्त जाहेरीको आधारमा खटिएको प्रहरी टोलीले कसुरमा संलग्न बर्ष २१ की प्रतिवादी चन्दलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए।

