Gold
Bangad salyan

रेडियो नेपाल प्रशारण केन्द्र दिपायलमा कार्यरतपत्रकार दिनेशको संकास्पद मृत्यु

साउन ९

काठमान्डौ – रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र दिपायलमा कार्यरत दिनेश खत्रीको हिजो दिउँसो संकास्पद अवस्थामा शव फेला परेको छ।

जोरायल गाउँपालिका ४ चुचुनढुङ्गाका ४१ बर्षका  दिनेश रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र दिपायलमा दुई बर्षदेखि हाल सम्म कार्यरत छन।

हिजो दिउँसो रेडियो नेपाल दिपायलको कार्यलयबाट करिब दुई सय मिटर नजिक मृत अवस्थामा शव फेला परेको हो।

उनको मुख खुट्टा र हातमा गहिरो चोट लागेको छ भने सडक छेउमा हाल्प कट्टु लगाएको अवस्थामा फेला परेको छ भने छेमा चप्पल र टोपी राखीएको छ।

उनका श्रीमती दुई छोरा र एक छोरी छन। पत्रकार दिनेश खत्रीको शव अहिले डोटि अस्पतालमा लगिएको छ।

उनको मृत्यु संकास्पद भएको भन्दै परियारजन र स्थानीयले अनुसंधान गर्न माग गरेका छन। मृतक दिनेश खत्रीले पढाइमा डबल डिग्री समेत सरेका छन। उनी एक अब्बल र शालिन पत्रकारमा पर्ने गर्छन।

दिनेश खत्रीको मृत्यु संकास्पद भएको भन्दै नेपाल पत्रकार महासंघ डोटि साखा प्रेश चौतारी नेपाल डोटि प्रेस सेन्टर नेपाल लगायतले भाव पुर्ण श्रद्धाञ्जली सहित छानबिनको माग गरेका छन।