Gold
Bangad salyan

बिरगंजमा महिलालाई बन्धक बनाई सामुहिक ब,लात्कार दुई जना प,क्राउ

बिरगंज – बिरगंजमा एक जना महिलालाई बैशाख २० गतेदेखि ३ दिन  बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले  वीरगञ्ज बस्ने महमद मोटरसाइकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक महमद र त्यहीँ काम गर्ने २१ वर्षीय अफताब अन्सारीलाई गत मंगलबार पक्राउ गरेको छ।

बलाकृत महिला आफ्नो गोठमा बाख्रा बाँधेर फर्किंदै गर्दा  यी दुई जनाले घेरा हालेर उनलाई रोके, एउटा होटलमा पुर्‍याएर मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बाँधेर सामूहिक बलात्कार गरी वैशाख २३ गते बिहान ८ बजेतिर पर्साको घडिअर्वा पोखरीको गल्लीमा ती महिलालाई रगताम्मे अवस्थामा छाडेर फरार भएका थिए।

ती पीडित महिलाले आफूमाथि बलात्कार र अपहरण तथा शरीर बन्धकको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको हो। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।