Gold
Bangad salyan

दुर्गा प्रसाईलाई तुरुन्त रिहा गर्न राप्रपाको माग

फाल्गुन ५

काठमान्डौ – हिजो आफ्नै घर भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तुरुन्त रिहा गर्न राप्रपाले माग गरेको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्। सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।