उदयपुरमा बस दुर्घटना दर्जन बढी घाईते
फाल्गुन ११
काठमाडौं – आज उदयपुरको उदयपुरगढी गाउँपालिका,७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०-४० फिट तल खसेर दुर्घटना मा परेको हो । बसमा सवार एक दर्जन बढी घाइते भएका छन्। प्रहरीले घटनाको एकिन विवरण आउन बाकि छ ।

