Gold
Bangad salyan

धादिङ बस दुर्घटना अध्ययन छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं – धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्ने छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घका प्रतिनिधिहरू सहभागी बैठकले कार्यदल बनाउने निर्णय गरेको हो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–५ भैँसीगौँडामा रहेको पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डाैका लागि छुटेकाे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान साढे १ बजेतिरे दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भई सडकबाट झन्डै दुई सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो ।

बसमा चालकसहित ४४ जना रहेकामा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । केही मृतकको पहिचान खुल्न बाँकी छ । यस्तै बसमा रहेका २५ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये २४ जनाको काठमान्डौ र एक जनाको धादिङमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसको भग्नावशेषमा फसेका एक जना यात्रुलाई दुर्घटना भएको पाँच घण्टापछि जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ ।फाल्गुन ११