मन्त्री सीता वादीको सम्पति विवरण २० वटा कुखुरा र एउटा कुकुर
काठमान्डौ – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले सम्पति विवरणमा २० वटा कुखुरा र एउटा कुकुर देखाएकि छिन। आइतबार सार्वजनिक सम्पत्ति विवरणमा मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।
उनको श्रीमान्सँग पल्सर मोटरसाइकल रहेको उल्लेख छ । यस्तै नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमान्को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन-चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ । चैत ३०

