Gold
Bangad salyan

रोल्पा जिप दुर्घटना सल्यान बनगाड कुपिण्डे नगरपालिकाकि सिर्जनाको निधन

वैशाख १८

सल्यान – रोल्पा जिप दुर्घटनामा सल्यानका एक जनाको मृत्यु भएको छ। हिजो पूर्वी रुकुमबाट रोल्पाको जलजला जाने क्रममा भएको जीप दुर्घटनामा सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका,२, फल्तेचौर निवासी २४ वर्षीया सृजना बुढाथोकीको मृत्यु भएको हो।

मृतकका शव ल्याउन बनगाड कुपिण्डे नगरपालिकाले निःशुल्क एम्बुलेन्स पठाएको जनाएको छ। नगर प्रमुख कर्ण बहादुर बुढाथोकीका अनुसार शव व्यवस्थापनका लागि आवश्यक समन्वयसमेत गरेको जनाए। पारिवारिक स्रोतका अनुसार मृतक सृजनाका श्रीमान केवल बुढाथोकी रोजगारीका लागि भारतमा रहेका र आजै नेपाल फर्कने तयारीमा छन्।

वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेला तथा पूजामा सहभागी हुन जाँदै गरेका यात्रु सवार लु १ ज ४१६७ नम्बरको बोलेरो जीप भीरबाट खस्दा २० जनाको घटनास्थलमै दुःखद निधन भएको र १ जना घाइते भएका छन्। र्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनापछि उद्धार तथा आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।