Gold
Bangad salyan

एघार वर्ष पछि सुर्खेतमा पानि ,,

२० भदौ , सुर्खेत – पानि ल्याउने योजना भएको एघार वर्ष पछि सुर्खेतको पश्चिम सुर्खेतको बराहतालमा पानि उपलब्ध भयको छ ।आयोजनाबाट बराहताल गाउँपालिकाको वडानम्बर ५ र ८ का बासिन्दा लाभान्वित भएका छन् । नजिकै खानेपानी नहुँदा यहाँका बासिन्दाले डेढ घण्टासम्म गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता थियो । खडेरीमा खानेपानीको हाहाकार नै हुने र वर्षातको धमिलो पानी पिउनुपर्ने बाध्यता भएपछि बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २०६४ सालमा यो आयोजना सुरु गरेको थियो ।

चार करोड भन्दा बढीको लगानीमा आयोजना सम्पन्न भएपछि स्थानीयले खानेपानी पाएका छन् । सरकारको अनुदान र स्थानीयको श्रमदानबाट लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएसँगै स्थानीयलाई खानेपानीका लागि घण्टौंसम्म धाउनुपर्ने बाध्यतासमेत टरेको छ । अहिले ७२ वटा धारा निर्माण गरि स्थानीयलाई पानि सहज बनाईएको छ। अहिले स्थानीयलाई पानी पिउन मात्र नभई सिचाई गर्न समेत पुगेको स्थानिय बताउछन।

आयोजनाको उद्घाटन गर्न पुगेकी खानेपानी तथा सरसफाई मन्त्रि बिना मगरले बोल्दै भनिन ।अब सुर्खेतको सबै ठाँउमा पानीको समाधान हुन्छ। भेरी नदीको पानि पनि सदरमुकाम सम्म ल्याउने तयारि भईरहेको छ। यसको लागि भेरी लिफ्टिङ आयोजनाको काम यसैवर्ष सुरु हुने भएको छ । यस्तै मन्त्री मगरले सुर्खेतमा चौकुने, विद्यापुर, सालकोट र तरंगामा पनि खानेपानी आयोजना सञ्चालन गर्न मातहतका निकायलाई डीपीआरको प्रक्रिया अगाडी बढाउन निर्देशन दिइन् ।