निर्मलाको हत्यारा पत्ता लगाउन सुरु गरियो डीएनए परीक्षण ,,
२० भदौ , कैलाली – १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान गर्ने जिम्मेवारीसहित गठन भएको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । कारागार व्यवस्थापना विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा गठिन समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको हो । समितिको म्याद सकिन २ दिन मात्रै बाँकी रहँदा हरि प्रसाद मैनालीले बताय ।
मैनालीका अनुसार प्रतिवेदन लेख्ने काम पनि सुरु भइसकेको छ । घटनाको बारेमा भने थप अहिले भन्न नसकिने मैनालीको नेतृत्वमा बनेको छानबिन समितिले बतायको छ । समितिले केहि शंका गर्ने प्रामाण भने पायको हिन्ट दियको छ। तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट नेतृत्वको टोलीले गरेको अनुसन्धान, स्थानीयको प्रदर्शन लगायतको विविध पाटो पनि प्रतिवेदनमा समेटिने छ, समिति निकट स्रोतले भन्यो ।
समितिले निर्मला पन्तको घटनासँग सम्बन्धित व्यक्ति, स्थानीय र अन्य सरोकारवालासँग बयान समेत लियको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटनाको अनुसन्धान थालेको २६ औं दिनमा भीमदत्त नगरपालिका १९, बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।
वास्तविक दोषीलाई नसमायर मानसिक सन्तुलन भयको व्यक्तिलाई समायर प्रहरीले जनता सामु प्रस्तुत गर्दा स्थानीयले आन्दोलन चर्कायका थिय । आन्दोलनको क्रममा गोलि लागेर एक जना बालकको मृतु भयको । प्रारम्भमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिएसपी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको भएपनि स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वको प्रहरी टोली कञ्चनपुरमा छ ।
सीअार्इबीकै एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डिएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरसँगको समन्वयमा घटनाको सुक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुबेर कडायत घटनाको अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिने काम भइरहेको बताउँछन् । उनले घटनाको गम्भीरतापूर्वक लिएको नयाँ शिराबाट अनुसन्धान भइरहेको दाबी गरेका छन् ।
कञ्चनपुर प्रहरीका एक अधिकारी भने नयाँ टोलीले गरेको अनुसन्धानले पनि दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको बताउँछन् ।यसैबीच, प्रहरी सार्वजनिक गरेको विष्टलाई उपचार र डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको छ । डीएनए रिपोर्ट आएपछि निर्मला हत्या प्रकरणको रहस्य खुल्ने प्रहरीको विश्वास छ ।