Gold
Bangad salyan

कर्णाली प्रदेशलाइ देहराधुनबाट ६ गोल्ड मेडल कोचदेखी खेलाडी कर्णाली प्रदेशका ,,

मंसिर १५ काठमाण्डौँ, – नेपाल आज भोलि विभिन्न देशमा, विभिन्न खेलमा सहभागी हुने गरेको छ। तेस्तै भारतको राजपुर देहरादुनमा भएको छैटौँ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा नेपाल पनि सहभागी भयको छ।

प्रतियोगितामा आठ देशका चार सय ५० जना खेलाडि सहभागि भएका थिए ।नेपालबाट पनि तेक्वान्दो कोच नन्दा वश्यालको प्रमुखमा १० जना तेक्वान्दो खेलाडी सहभागी भएका हुन् । प्रतियोगितामा सफलतापुर्वक जित हासिल गर्दै नेपालले ६ वटा गोल्ड मेडल जित्न सफल भएको छ ।

सहभागि भएका शशिराम वि.क., वरुण शाह, प्रणव शाह, रोशन खड्गी, आशुतोष मल्ल र सुशिल ओलीले गोल्ड मेडल जितेका हुन् । यस्तै दिलिप ओलीले दोश्रो स्थान हाँसिल गरेका छन् ।

नायिका , मोडल , नन्दा वाश्याल पहिले देखिने खेल प्रेमी हुन् उनले विभिन्न देशमा खेलमा सहभागी भई थुप्रै स्वर्णपदक तथा पुरस्कार हासिल गरेकी छिन ।साथै नेपालको विभिन्न जिल्लामा नन्दाले तेक्वान्दो खेलाडी हरुपनि उत्पादन गरेकी छिन। सरकारले खेललाई अलि नजिक भएर हेर्दिय खेलाडी बाटै कर्णाली प्रदेशको नाम रोशन गर्न सक्ने नन्दाले बताईन।