रवि वडलाई कैलालीमा पञ्चेबाजाले स्वागत ,,
मंसिर २३, कैलाली – नेपाल आइडल सिजन,२ को उत्कृष्ट ४ मा पुग्न सफल रवि वड गुह प्रदेश सुदूरपश्चिम पुगेका छन्। रवि शनिबार गृह प्रदेश पुगेका हुन् ।उनि पुग्ने वितिकै स्थानियबासि पन्चेबाजा सहित धनगडी विमानस्थल पुगेका थिए।
विमानस्थलमै समर्थकसँग कुराकानी गर्दै वडले उत्कृष्ट चारसम्म पुर्याएकोमा समर्थकलाई धन्यवाद दिए। अझै पनि आफूलाई भेट गर्न उनले अपिल गरेका छन्।नेपाल आइडलमा अबको बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने छ।
यस भन्दा अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो।नेपाल आइडल दोस्रो संस्करणमा रवि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन्। उनले सुदूरपश्चिम पुगेर खेलौला सुवा बैतडी बोलको गीतले सबै दर्शकलाई मनोरंजन गराएका थिए ।