फ्रड सैंया’मा समावेश ‘गीत छम्मा छम्मा भिडियो ,,
चलचित्र ‘फ्रड सैंया’मा समावेश ‘छम्मा छम्मा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बलिउडमा अहिले पुराना गीतलाई रिमेक गरेर तयार पार्ने चलन बढेको छ । यसैले बलिउडमा नयाँ गीतको अभाव भएको हो कि भन्ने पनि अनुमान लगाउन सकिन्छ ।
‘छम्मा छम्मा गीतको भिडियोमा नायिका एली अवरामलाई निकै नै सेक्सी अवतारमा देखाइएको छ । यो गीतको ओर्जिनल भिडियोमा नायिका उर्मिलाले नृत्य गरेकी थिइन् ।
यो गीत चलचित्र ‘चाइना गेट’मा समावेश छ । नेहा कक्कडले आवाज भरेको गीतको भिडियो हेर्दा उर्मिलाको याद आउँछ । दर्शकले प्रतिक्रिया दिएका छन् ।