सुर्खेतमा विद्युत पावर हाउस भत्कियो एकजनाको मृ,त्यु ,
असार १५ ,सुर्खेत – सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्काउदा एक जनाको मृ,त्यु भएको छ ।
पश्चिम सुर्खेत खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृ,त्यु भएको हो ।
आईतबार रातिदेखि परेको वर्षाले बिहान दुईबजे तिर गएको पहिरोमा पनि उनको ज्यान गएको हो।
पहिरोले उनलाई बगाएर वेपत्ता पारेपछि बिहानपख मात्र शव फेला परेको थियो। खमारी खोला जलविद्युत आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् नन्दा डम्मरकि श्रीमती हुन् ।
उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।डम्मरको स्थानीय अस्पताल बाबियाचौरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

