सम्झनाको हत्यारालाई कारबाहीको माग गर्दै बाल बालिका सहित उर्लियो जनसागर ,
असोज ११ ,काठमान्डौ – गत बुधबार बझाङको मस्टा,२ खिकाला गाउँकी १२ वर्षीया सम्झना विकको हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ।
हत्यारालाई तत्काल खोजि कडा कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा स्थानीयले दबाबमूलक कार्यक्रम गरेका हुन्।

मृतका सम्झनाका परिवार र छिमेकीहरू, विभिन्न अधिकारकर्मी, संघसंस्था, सदरमुकामका उद्योगी व्यवसायी तथा राजनीतिक दलका भ्रातृ संगठनहरूले सम्झनाको हत्यारा छिटो सार्वजनिक गर्नुपर्ने माग राख्दै नाराजुलुससहित बजार परिक्रमा गरेका थिए ।
प्रदर्शनमा सङ साना बालबालिकाको पनि उपस्तिथी छ ,कार्यक्रमका सहभागीहरुले ‘निर्दोष नफसोस्, अपराधी नउम्कियोस्, सम्झनालाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ जस्ता प्लेकार्डहरु बोकेर आन्दोलन गरेका छन्।
दलितको पक्षमा कोहि नभएको भन्दै हत्यारा लुकाउन सक्ने भन्दै यो अमानवीय घटनाको निष्पक्ष छानबिनका लागि सबैले निगरानी र खबरदारी गर्नु जरुरी रहेको स्थानिय युवा युवतीले बताएका छन्।

बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा भएको दबाब सभामा बोल्नेहरूले हत्यारालाई उन्मुक्ति दिने खालका गतिविधि कसैले नगर्न चेतावनीसमेत दिएका छन् ।
१२ वर्षकी सम्झना कक्ष ६ मा अध्यनरत थिइन् विद्यालय बदन अरहेका कारण उनले अहिले घरमा परिवालाई काममा सघाउने गरेकी थिइन्। बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ।

