पठाओ राईडरलाई कम्पनीको ज्याकेट र ट्राउजर लगाउन रोक यस्तो छ कारण ,
चैत १० ,काठमान्डौ – पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ ।विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।
राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबेदेखि लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिए ।
भोलिदेखि राईडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाअ कारबाही हुने जनाईएको छ। तेस्तै पाठाओ कम्पनीलेपनि आज एक विज्ञप्ति सार्वजानिक गर्दै पठायोको ज्याकेट वा ब्राण्ड झल्काउने लोगो कपडा अर्को सूचना नआएसम्म नलगाउन आग्रह गरेको छ।
जारि गरिएको सुचनालाई वेवास्था गरे प्रशाशनबाट कारबाही हुने र जसमा कम्पनिको कुनै जिम्मेवारी नहुने पठायो कम्पनीका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्यातले जनाए।


