अन्तिम चरणमा प्रधानमन्त्री र नेपालको भेटवार्ता सुरु
वैशाख ३० ,काठमान्डौ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको हो।प्रधानमन्त्री ओलीले अन्तिम समयमा नेपाललाई भेटेका हुन्।
बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । नेता नेपालले भनेओली जेठ २ को अवस्थामा फर्कन तयार नभएर सामुहिक राजीनामा दिने तयारी गरेको हो ।

