कर्णाली सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन
असार ४ ,सुर्खेत – कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ ।
शुक्रबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्कालै राजिनामा दिन निर्देशन गरेको हो।
गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर माधव नेपाल समूहक प्रकाश ज्वाला सहित्सको टिमले तीन मन्त्रीहरुले विश्वको मत दिएका थिए। पार्टीको निर्णय उल्लंघन गरेको भन्दै एमालेले उनीहरुको सांसद पद बर्खास्त गरिदिएको थियो । तर सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए ।

