सल्यान बनगाड कुपिण्डे सिन्सेपाताल खोलाको वितण्डाले सडक बगायो यातायात ठप्प
असार ६ ,सल्यान – जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडान ११ धारापानी वालुवासंग्रहि बीचमा पर्ने सिस्नेपातल खोलामा आएको बाढीले ठुलो क्षति गरेको छ। बाढीले पूर्णरुपले सडकनै बगाएर लागेको छ।

बाढीले सडकमा लगाएको वाल समेत बगाएर लगेपछि सल्लीबजार ,जाजरकोट ,छिन्चु सडक अबरुद्द बनेको छ। यस्तै बाढीले सिस्ने पाताल,खनियाखर्क ,रकैर धारापानीमा किसानका खेतबारी समेत बगाएको छ। भर्खरै किसानले लगाएको अन्नबाली मकै खेति समेत नस्ट भएको छ।

त्यसैगरी वालुवासंग्राहीको बनगाडको खोला उर्लिदै आएपछि ढोरपिपलका स्थानीय बजार बसोबासका क्षेत्र प्रभावित छन्। ढोरपिपल हुँदै सल्यान सदरमुकाम जोडीएको सकक सञ्जाल पूर्णरुपले बन्द भएको छ भने सल्लीबजार नजिकपर्ने अम्रा खोलाले पनि सडक किनाराका वालहरु बगाएर लागेको स्थानीय बताउछन।


तस्विर :शेरु साईलो

