उपत्यकामा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने निर्णय हुँदै
असार ६ ,काठमान्डौ – उपत्यकामा निषेधाज्ञालाई थप गर्ने विषयमा तिनवटा सिडिओको बैठक साँझ ५ बजे बस्दै छ। आजको बैठकले निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको पाईएको छ ।
सवारीसाधनलाई जोर विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भने हुन् बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् ।
यस्तै बिहान ११ बजेसम्म खुलेका खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । साथै अन्य व्यवसायलाई पनि बार अनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको हो ।
तर प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गर्नुपर्ने भएकोले अन्तिम टुंगो लागिसकेको छैन।
वैशाख १६ बाट निरन्तरता गरिएको निषेधाज्ञा भोलि ७ गते सकिदै छ । निषेधाज्ञा थप हुन्छ कहिले सम्म हुन्छ भनें र मोडालिटीलाई कसरि चेन्ज गर्ने भन्नेबारे बैठकमा निर्णय हुने श्रोतले जनाएको छ।

