Gold
Bangad salyan

आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै हितेन्द्रदेवले दिए सर्वोच्चमा रिट

साउन ३२,काठमाण्डाै – आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन।

अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिलेको सरकारले कुनैकारनविनै गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराएका हुन।

शाक्यले दिएको निवेदनको सुनुवाइ पर्सि बुधवारका लागि तोकिएको सर्वोच्च अदालत श्रोतले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा हितेन्द्रदेव शाक्यलाई हटाइएर कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ ।