Gold
Bangad salyan

केटिहरुको विवाह गर्ने उमेर १८ बर्षबाट २१ बढाइयो

काठमाडौं- भारत सरकारले केटीहरुको विवाह गर्ने उमेर १८ बर्षबाट २१ बर्ष बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले केटी मान्छेहरुको विवाह गर्ने उमेर १८ वर्षबाट २१ वर्ष बनाएपछि अहिले भारतमा विवाद बढेको छ।

सरकारको यो निर्णयविरुद्ध मुस्लिम नेताहरु र धार्मिक गुरुहरुले विरोध जनाएका छन्। मुस्लिम नेताहरुले केटीहरुको विवाहको उमेर १८ भन्दा धेरै नहुनुपर्ने माग गर्दै विरोध जनाएका छन्।केटिहरुले विवाह गरेर पनि बढ्न सक्ने उनीहरुको भनाई छ।

विरोध गर्नेहरुमा सांसद शफीकुर्रहमान बर्क, देवबंदी उलमा मुफ्ती असद कासमी आबु आजमी, हफीजुल अंसारीलगायत छन्। केही नेताहरुले भने उनीहरुको भनाइलाई लज्जाजनक भन्दै उनीहरुको तर्कले केटीहरुको अपमान भएको उल्लेख गरेका छन्।