Gold
Bangad salyan

राष्ट्रघाती एमसिसिविरुद्ध विप्लव गरे भोलि नेपाल बन्दको घोषणा

फागुन ३,काठमान्डौ – एमसिसिविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सहित पाँच दलले भोलि ४ गते नेपाल बन्दको घोषणा गरेको छ।

राष्ट्रघाती एमसिसिविरुद्ध नेपाल बन्दको घोषणा गरिएको सो पार्टीले जनाएको हो । यस्तै एमसिसिको पक्ष लिनेहरु आफ्नै आमा बेच्न तयार हुनेहरु भएको विप्लवले जनाएका छन।

राष्ट्रघाती एमसिसि सम्झौता खारेज गरौं ,राष्ट्रिय स्वाधीनता को रक्षा गरौको मूल नारासहित नेपाल बन्द गरिएको विप्लव निकट अखिल क्रान्तिकारी प्रचार विभागले जनाएको हो।

यस्तै नेपाल बन्दमा सम्पुर्ण नेपाली जन्ताले साथ दिनपनि विभागले जनाएको छ। अमेरिकाले नेपाल सरकारलाई एमसिसि पास गर्न दिएको समय यहि फागुन १६ गते सकिदै छ। सरकारले संसदमा टेबुल गरेर जसरी भएपनि एमसिसि पास गर्नुपर्ने बताउँदै आईरहेको छ।