Gold
Bangad salyan

महानायक राजेश हमालको काठमाडौंको मेयर हुने इच्छा, राजनीतिकदल त्रसित

फागुन २६ काठमान्डौ – चलचित्रका महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा व्यक्त गरॆका छन्। प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले सो इच्छा राखेका छन् ।बुधबार ‘राजेश हमाल अफिसियल’ युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नामक भ्लगको ट्रेलरमा महानायक हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका हुन् ।

सार्वजनिक ट्रेलरमा कलाकार राजेश हमालले नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन। ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन भाषणमा भने भनिरहेका हुन्छन राजेश हमालले अगाडि भनेका छन। ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एकपटक काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ?

ट्रेलरमा गाडीमा बसेर काठमाडौं घुमिरहेका हमालले चालक सिटमा रहेका व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि समेत जनाएका छन ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप समेत देखाएका छन । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हमालले घुमाउरो शैलीमा राखेको यो इच्छालाई महत्वका साथ हेर्न थालिएको छ भने कतिपय राजनीतिका कार्यकर्ताहरु भने महानायक राजेश हमालको खुमाउरो कुरा सुनेपछि तर्सिएका छन् ।