Gold
Bangad salyan

एस एल सि पास नगरेका सुनिलले यसरी किनेका थिए सर्टीफिकेट

साउन २९

काठमान्डौ – नक्कली डाक्टर प्रमाणपत्रमा पक्राउ परेका काङ्ग्रेस सांसद सुनिल न्यौपानेले एस एल सि समेत पास नगरेको खुलेको छ।

उनिसंगै पढेका ईश्वर चन्द्र बानियाका अनुसार सुनिलले कक्षा ८ पास गरेर पूर्वान्चल क्यामपस धरानमा २०४०-२०४२ मा सब ओभरसियर पढेका थिए ।

उनलाई उच्च शिक्षा अध्यन गर्न नपाउने भयपछि कालीकोट जिल्लाबाट एस एल् सि पासको सर्टीफिकेट मिलायर ल्याको खुलेको छ।

त्यसपछि उनी इन्डिया बाट आई एस्सी को सर्टिफिकेट लियर चाइनामा डक्टर पढ्ने नेपालीहरु सप्लाई गरेर कुस्त पैसा कमाएका थिए ।

सोहि बेला आफुपनि चाइनामा डाक्टर पढ्दैछु भनेर हौवा फैलायर नक्कली डाक्टर पनि बनेको बानिया बत्ताउछ्न ।
पैसा भयपछि जे पनि गर्न सकिन्छ भनेर देखाउदै मेडिकल कलेज खोल्ने, आफ्नै पार्टनरलाई अपहरण गर्ने जस्ता कुकृत्य समेत उनले गरेका थिय ।।

बानियाँ लेख्छन् ।
फटाहाहरूले राज्य गरेको यो देश :
शुनिल नेउपाने भन्ने सांसदले धेरै खोकेको देख्दा *जो चोर उसैको ठुलोस्वर* भनेको यहि रहेछ भन्ने लाग्यो। नक्कली सर्टिफिकेटका यस्ता मान्छेहरुले दिनलाई रात भन्दै हिड्दा पनि कति चुपलाग्नु भनेर वास्तविकता लेख्न मन लाग्यो।
उनले ८ कक्षा पास गरे पछि पूर्वान्चल क्यामपस धरानमा २०४०-२०४२ मा सब ओभरसियर पढे। त्यसवाट उच्च शिक्षा अध्यन गर्न नपाउने भए पछि कालीकोट बाट एस एल सी दिएको मिलायर सर्टिफिकेट लिए| इन्डिया बाट आई एस्सी को सर्टिफिकेट लियर चाइनामा डक्टर पढ्ने नेपाली हरु सप्लाई गरेर कुस्त पैसा कमाए। सोहि बेला आफुपनि चाइनामा डाक्टर पढ्दैछु भनेर हौवा फैलायर नक्कली डाक्टर पनि बने। पैसा भयपछि जे पनि गर्न सकिन्छ भनेर देखाउदै मेडिकल कलेज खोल्ने, आफ्नै पार्टनरलाई अपहरण गर्ने जस्ता कुकृत्य पनि गरे । पैसा कमाय पछि चोर, फटाहा, डाँकाहरू जम्माहुने अखडा संसदमा पुग्न बाटो खुलि हाल्यो। त्याहा सक्कली सर्टिफिकेटको काम नपर्ने हुनाले उनलाई किन समातेको भन्ने निर्लज्ज आँट आएको होला? यस्तै यस्तै हुन्छ नेपालमा।