Gold
Bangad salyan

ओलीको घृणास्पद अभिव्यक्ति प्रती भुसालको आपत्ति

भदौ २

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी सशस्त्र विद्रोहप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणास्पद अभिव्यक्ति दिने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित  गरिएको २०२८ झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले ओलीले मिल्दा माओवादी सशस्त्र विद्रोहलाई महान् जनयुद्ध भन्ने र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको त्यस्मा आफूलाई चित्त नबुझेको बताए ।

खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन्, स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् ।

हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरि इतिहासलाई अझै धेरै अगाडि लैजान्छौं भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरि जतिखेर मिलिन्छ, त्यतिखेर चाहिं यो महान् कुरा थियो भन्ने । जतिखेर मिलिंदैन, त्यतिखेर चाहिं यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिं’ उनले भने ।

भूसालले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको पनि टिप्पणी गरे । ‘यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदाखेरि मलाई एकदम उखुम हुन्छ ।

पशुपतिमा सुनको जलहरी चढाउने बेला ११ सुन हराएको छ। जस्मा अध्यक्ष ओलीकै हात रहेको पाईएको छ।